कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आफैँले चलाएको मोटरसाइकल पल्टिँदा कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाटको मृत्यु भएको हो ।
भाट सवार सु प प्र ०१००८ प ८९९७ नम्बरको मोटरसाइकल सोमबार दिउँसो आफैँ अनियन्त्रित भएर गोदावरी नगरपालिका–१ मनहरामा पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका भाटको उपचारका क्रममा गएराति माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि बसेकी कृष्णपुर नगरपालिका-१ की १७ वर्षीया अनिशा भाट भने सामान्य घाइते भएकी छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।