काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्धको खेलमा तेस्रो विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आठौं ओभरको पहिलो बलमा तेस्रो विकेट गुमाएको हो । नेपालका कुशल मल्ल ९ रन बनाएर आउट भए । उनलाई यूएईका जुनेड सिदिकीले क्याच आउट गराए । यसअघि नेपालले पाँचौं ओभरमा दोस्रो विकेट गुमाएको थियो ।