काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले यो समाचार तयार पार्दासम्म ६ ओभरमा ४ विकेट गुमाएर ८ रन बनाएको छ । बलिङतर्फ नेपालका ललित राजवंशीले २ ओभरमा २ मेडन राख्दै २ विकेट लिएका छन् । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ११ विकेट लिएका छन् ।