नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट प्रतियोगिता खेलेर नेपाली फुटबल टोली आज स्वदेश फर्कदैछ ।

कोरोना महामारीका कारण एएफसीले तटस्थ स्थल कुवेतमा छनौट चरणका खेलहरु गराएको हो ।कुवेतमा नेपालले खेलेका तीन खेल मध्य एक खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ ।

नेपाली टिमले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६ अंक बनाउन सफल भयो । त्यसपछि जोर्डन र अस्ट्रेलियासँग नेपाली टिमले समान ३–० गोल अन्तरले पराजय भोग्न बाध्य भयो ।

विश्वकप छनोट चरणबाट बाहिरिसकेको नेपालले एशियन कपको छनोटका लागि प्लेअफ खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार