काठमाडौँ – बाढी पहिरो र डुबानले तहसनहस बनाएको बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान १० बजेदेखि सहज रूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए।
यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बिपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्याएको थियो । रोशी र सुनकोसीको बाढीले काभ्रेको चौकी डाँडादेखि तल नेपाल थोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो । सचिव शर्माको नेतृत्वमा प्राविधिकको टिम फिल्डमै खटिएर काम गरेको थियो।
यसै वीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार (आज) बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन, “बिपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोसी गाउँपालिका– ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार शुक्रबार बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो ।”
राजमार्ग सञ्चालनका लागि पहिरो हटाउन प्राविधिक टोलीसहित रोसी गाउँपालिकाको दाउने भन्ने ठाउँमा रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक खुलाउन रातदिन नभनी काम भइरहेको बताउँदै शुक्रबारदेखि बिपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए ।
सङ्घीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको बताउँदै सचिव शर्माले अहिले अवरुद्ध रहेका ठाउँहरूमा कतै दुईतर्फी र कतै एकतर्फी सञ्चालनमा आउने स्पष्ट पारेका छन्। उनले भने, “चाडपर्व नभनी बिहीबार बिहानैदेखि प्राविधिक जनशक्ति र उपकरणहरू सडक खुलाउन लागेका छन् ।