जसपाबारे निर्वाचन आयोगको निर्णय : दुवै पक्षको कारबाही अमान्य

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ । निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको छ ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार