काठमाडौँ – शरीरको जटिल र महत्वपूर्ण अंग हो, मृगौला । मृगौलाले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने ।
शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउन समेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले मृगौला स्वस्थ राख्न जरुरी छ ।
मृगौला रोग अघोषित मृत्युको कारण हो । यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ ।
मृगौला फेल भएका ५ लक्षणः
१. धेरै पिसाब आउनु, पिसाब फेर्न समस्या हुनु, पोल्ने, फिँजयुक्त पिसाब र पिसाबमा रगत देखिनु ।
२. सुन्निने
३. छाला रोग । रगतमा यूरियाको स्तर बढ्दा छाला रोग, मुख गन्हाउने, बान्ता होला जस्तो अनुभव हुनेजस्ता समस्या निम्तिन सक्छ ।४.जोर्नी दुख्नु । शरिरमा टक्सिन बढ्दा हड्डी र जोर्नीमा दुखाई हुन सक्छ । थकान र कमजोरी पनि हुन सक्छ ।
५. कमजोर महशुस हुनु ।
मृगौला बचाउने ७ उपायः
१. आफूलाई फिट र सक्रिय राखौं ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं । मधुमेह रोगीहरुले नियमित मृगौलाको परीक्षण गरौँ ।३. उच्च रक्तचापको नियमित परीक्षण गरौँ ।
४. स्वस्थ खाना सेवन गरौँ शरीरको तौल नियन्त्रणमा राखौँ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । (करिब १.५ लिटरदेखि २ लिटरसम्म)
६. धूमपान नगरौं । यसले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं ।