ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ ।
शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार अचानक विद्युत सर्ट भई आगलागी भएको हो । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।
बसका सबै यात्रुहरु सुरक्षित रहेको छन् । उक्त बसमा अचानक आगलागी भएपछि प्रहरी र ललितपुर महानगरपालिकाबाट दमकल झिकाइएको थियो ।