जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।
शहिदचोक र गैरापाटन आसपासको क्षेत्रमा कास्की जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । शहिदचोकदेखि वाइचोक, बैदाम फिस्टेलगेट, मालपोत कार्यालय कास्की र मुस्ताङचोकसम्म निषेधाज्ञा जारी भएको छ ।
त्यस्तै, गैरापाटन क्षेत्रको पालिखेचोकदेखि नवीन माविसम्म निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञा जारी भए पनि शहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले ञरवि दाईलाई न्याय देझ भन्दै नाराबाजी गरेका छन् ।
सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ । उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् । आदेश पालना नगर्नेलाई कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।