काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले अहिले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल भियतनामसँग ३–० गोलले पछि परेको छ ।
११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै भियतनामलाई २–० को अग्रता दिलाएका थिए।
खेलको ३८ औं मिनेटमा भियतनामका एनगुएन थि बिच थुएले गोल गर्दै ३–० को अग्रता बनाएको हो ।