कोरोना संक्रमण बढ्दै, संक्रिय संक्रमितको संख्या ३५८ पुग्यो

काठमाडौं – बिहीबार देशभर ८५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा १ हजार ४०२ जनामा गरिएको परीक्षणमा ८५ जना संक्रमित थपिएका हुन्।

संक्रमण बढ्दै जाँदा पछिल्ला दिनमा आईसीयूमा विरामी हुने संक्रमित पनि बढ्न थालेका छन्। मन्त्रालयको विवरण अनुसार हाल काठमाडौंमा ४ जना संक्रमित आईसीयूमा, एकजना भेन्टिलेटरमा र १७ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

यस्तै सक्रिय संक्रमितको संख्या पनि ३५८ जना पुगेको छ। यस्तै आज २७ जना संक्रमित संक्रमणमुक्त समेत भएका छन्।

सम्बन्धित समाचार