काठमाडौँ – नेपालले रोहित पौडेलको कप्तानीमा एसिसी प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानसँगको अभ्यास खेलपछि अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।
एसिसी प्रिमियर कप मंगलबारदेखि टियु र मुलपानीमा सुरुहुनेछ । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान) , कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी ।
वैकल्पिक खेलाडी: अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।