बागलुङमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

बागलुङमा १३ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–८, लेखानीका ४० वर्षीय होमबहादुर पुन छन् ।

आइतबार (हिजो) बिहान उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

काठेखोला–५, कर्लिमस्थित खाली घरमा बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बलात्कारको उजुरीपछि प्रहरीचौकी धम्जाबिहुँबाट खटिएको टोलीले पुनलाई पक्राउ गरेको जनाइएको छ ।