चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे फेङ्ताई जिल्लास्थित चेंगफेंग अस्पतालको भवनमा आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
आगो डेढ घण्टापछि अग्नि नियन्त्रकहरूले अस्पतालको आगो निभाएका थिए ।
चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार आगो लागेपछि बिरामीहरूलाई कर्मचारी, चिकित्सक र प्रहरीको सहयोगमा अन्य अस्पतालमा स्थानान्तरण गरिएको थियो ।
बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको थियो । आगलागीको कारणबारे अनुसन्धान त्यहाँको प्रहरीले जनाएको छ ।