यूएईले कुवेतलाई दियो ३ सय ७२ रनको विशाल लक्ष्य

काठमाण्डौ – एसीसी मेन्स प्रिमियर कपमा यूएईले कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायो ।

यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र रोहन मुस्तफाले १ सय १८ रन बनाए । २४ रनमा ३ विकेट गुमाएको अवस्थामा अरविन्द र मुस्तफाले चौथो विकेटका लागि २ सय ७५ रनको साझेदारी गरेपछि यूएईले विशाल योगफल बनाएको हो । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २/२ विकेट लिए ।

कुवेतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

सम्बन्धित समाचार