उपत्यकाका २१ सङ्क्रमितमध्ये सात आईसीयू र तीन भेन्टिलेटरमा

काठमाडौं उपत्यकामा २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचारत छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा ३८६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये २१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । संस्थागत आइसोलेसनमा भर्ना भएका मध्ये सात जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २४ सय ५० को कोरोना परीक्षण गर्दा एक सय आठ जना सङ्क्रमित थपिएका छन् । सोही समयमा ६६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचार