प्रतिनिधि सभामा आजबाट डिजिटल हाजिर लागू गरिने

संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वान अनुसार आज दिउँसो ४ बजे संसद्को बैठक बस्न लागेको हो ।

आज बस्ने संसद् बैठकदेखि डिजिटल हाजिर गर्ने निर्णय गरिएको छ । डिजिटल हाजिरलाई अघि बढाउने निर्णय गरिएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

यस्तै बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ ।

यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ ।