वृत्य र वासिमको सानदार शतकमा युएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य

काठमाडौं । युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापरलाई रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी एसीयन क्रिकेट काउन्सिल९एसीसी० प्रिमियर कपमा युएईले ४ सय ७१ रन बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको हो ।

युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले । वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए ।

अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे । आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे ।

सिंगापरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए । विनोद बसकरनले २ विकेट लिए ।

सम्बन्धित समाचार