सिंहदरबार अगाडिबाट आरती साहकी आमा र भाई पक्राउ

लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनमा होमिएका जनकपुरका आरती साहको परिवारमाथि प्रहरीले धरपकड गरेको छ ।

प्रहरीले आज सिंहदरबार अगाडि प्रदर्शन गर्नेक्रममाा आरतीकी आमा र भाईलाई गिराफ्तार गरेको हो ।

छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै निर्मला सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेकी थिइन् । प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाएको थियो । लगत्तै उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लगेको हो ।

गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।