सभामुख–उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि सात सांसद चयन

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आफू र उपसभामुखको अनुपस्थितिको अवस्थामा बैठकको अध्यक्षता गर्न सात जना सदस्यहरूको मनोनयन गरेका छन् ।

आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको सुरुवात गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेका हुन् ।

सभामुख घिमिरेले सांसदहरू ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरेको छन् ।

प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।