काठमाडौँ – टर्कीले अन्तरिक्ष जाने आफ्नो पहिलो यात्रीको नाम घोषणा गरेको छ । टर्की वायुसेनाका पाइलट अल्पेर गेजरावसी देशका पहिलो अन्तरिक्ष यात्री हुनेछन् । यस्तै, टर्कीको मिसाइल निर्माण संस्था रोकेटसनमा सिस्टम इन्जिनियर तुवा चिहांगिर अतासेवरलाई ‘रिजर्भ उम्मेदवार’ को रूपमा छानिएको छ ।
शनिवार राजधानी इस्तानबुलमा आयोजित एक टेकफेस्टमा राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले यी दुईको नाम घोषणा गरेका हुन् । टर्कीले सन् २०१८ मा टर्कीश स्पेस एजेन्सीको स्थापना गरेको थियो र सन् २०१९ मा देशको अन्तरिक्ष कार्यक्रमको घोषणा गरेका थियो । साथै आफूहरूले अन्तरिक्षमा मानिस पठाउने पनि बताएका थिए ।
टर्कीको सरकारी समाचार च्यानल टिआरटी वर्ल्डका अनुसार यस वर्षको अन्त्यमा उनीहरूको मानव मिसन इन्टरनेशनल स्पेस स्टेसनका लागि अन्तरिक्षका लागि प्रस्थान गर्नेछ जहाँ यो मिसन १४ दिनको रहनेछ ।
राष्ट्रपति अर्दोआनले टेकफेस्टमा भने, ‘टर्कीका युवालाई शीर्ष लिगमा लिएर जानेछौँ र उनीहरू पूर्ण स्वतन्त्रताका साथ सपनालाई साकार पार्नेछौँ ।’