कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारू रहेको प्रहरीले जनाएको छ ।

सोमबार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु४त ५१११ नम्बरको ट्याक्टरले लु५५प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको छ ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।