काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी०बीचको सम्बन्ध करिब करिब अन्तिम अध्यायमा पुगेको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी यो सिजनको अन्त्यमा पीएसजीबाट बाहिरिने छन् ।
पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् ।
यसैक्रममा साउदी अरबियाले पनि मेस्सीमाथि आँखा लगाएको छ । टेलिग्राफ स्पोर्टसका अनुसार, साउदी सरकारले आफ्नो देशको ब्यवसायीक क्लबमा मेस्सीलाई आबद्ध गर्न ३२ करोड पाउण्ड बार्षिक पारिश्रमिकको प्रस्ताव गरेको छ । नेपाली रुपैयाँमा यो रकम करिब ५२ अर्ब ४१ करोड रुपैयाँ हुन आउँछ ।
विश्व क्लब फुटबलको इतिहासमा साउदी अरबियाले मेस्सीलाई प्रस्ताव गरेको पारिश्रमिक अत्यन्तै लोभलाग्दो हो । साउदीको प्रस्ताव आकर्षक भएकाले मेस्सी पनि त्यसमा सहमत हुने अनुमान गरिएको छ । उक्त प्रस्तावले मूर्त रुप लिएमा मेस्सी यही समरमा साउदी क्लबमा आबद्ध हुनेछन् ।
यस विषयमा मेस्सीका पिताले साउदीको प्रतिनिधिसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । पीएसजीसँग मेस्सीको सम्झौता आगामी जुनको अन्त्यमा सकिँदै छ ।