काठमाडौँ – भारतको गुजरातस्थित हनुमानगढमा मिग–२१ लडाकु विमान सोमबार बिहान दुर्घटना भएको छ। लडाकु विमान बहलोल नगर क्षेत्रको एक घरमा खसेको भारतिय सञ्चारमाध्यमले जनाएका छन्। घरमा बस्ने ३ जना महिलाको मृत्यु भएको छ। पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ठूलो संख्यामा गाउँलेहरू घटनास्थलमा भेला भएका छन्।
मृत्यु हुनेको नाम बाशोकौर (४५), बान्टो (६०) र लीला देवी (५५) रहेको छ। पाइलट राहुल अरोरा (२५) ले प्यारासुटबाट हाम फालेर ज्यान बचाएका थिए। उनलाई सुरतगढ पठाइएको छ।
वायुसेनाले मिग–२१ तालिम उडानमा रहेको र सुतारगढ नजिक दुर्घटना भएको जनाएको छ। पाइलटलाई सामान्य चोट लागेको छ। दुर्घटनाको अनुसन्धान सुरू गरिएको छ।