काठमाडौं : कंगोमा बाढी र पहिरोमा परी ४ सय जनाको मृत्यु भएको छ।
किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षापछि विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा आइतबारसम्म मृत्यु हुनेको संख्या ४ सय नाघेको अधिकारीले जनाएका छन्।
कालेह क्षेत्रका प्रशासक थोमस बाकेङ्गाले ३९४ जनाको शव निकालेको जानकारी दिए। जसमध्ये २ सय जनाको मात्रै सनाखत भएको छ।
बाढी र पहिरोले सबैभन्दा बढी बुसुसु र न्यामुकुबी गाउँमा क्षति पुगेको बताइएको छ।
बाकेङ्गाका अनुसार बुसुसुमा १४२ र न्यामुकुबीमा १३२ जनाको मृत्यु भएको छ।