कीभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई पराजित गर्ने वाचा गरेका छन् । सोमबार युरोप दिवस विजयको सम्झनामा जेलेन्स्कीले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रुसी सेनालाई पराजित गर्ने दाबी गरेका हुन् ।
“आधुनिक रुसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरेजस्तै पराजित हुनेछ,“ जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्, “जसरी हामीले त्यसबेला सँगै खराबीलाई नष्ट गर्यौँ, हो त्यसैगरी हामी अहिले पनि त्यस्तै दुष्टलाई सँगै नष्ट गर्दैछौं।“