प्रेस चौतारी नेपालको २६औ स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

प्रेस चौतारीको २६औं स्थापना दिवसका अवसरमा सोमबार ६ जना पत्रकारहरूलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको छ । सोमबार काठमाण्डौमा आयोजित एक समारोहमा विभिन्न विधामा कलम चलाउने ६ जना पत्रकारलाई पुरस्कारबाट सम्मानित गरिएको हो ।

सो अवसरमा ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’बाट अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारी, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’बाट सिन्धुपाल्चोकका माधव नेपाल, ‘वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार’बाट रौतहटका फनिदेव महतलाई सम्मान गरिएको छ ।

यस्तै ‘सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार’बाट काभ्रेकी काजल तामाङ, ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’बाट रुकुमका महेश केसी र ‘शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार’बाट रामेपछापकी यसिमा महतलाई प्रदान गरिएको छ ।