नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षलाई पूर्वाग्रही व्यवहार गर्दा देश कहाली लाग्दो अवस्थामा पुगेको बताएका छन । सोमबार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशका कुनै पनि सुचक सकारात्मक नहुदाँ देश कहाली लाग्दो अवस्थामा पुगेको बताएका हुन । सम्बोधनका क्रममा पौडेलले गठबन्धन सरकारको अयोग्यताले यस्तो परिस्थिती आएको उल्लेख गरे ।
यतिबेला स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको भन्दै पौडेलले सदनको दबाबले मात्रै सरकारका ज्यादतीहरूलाई ठेगान लगाउन नसकिने अवस्थामा पुगेको टिप्पाणी गरे ।
ुअहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको छ । प्रतिपक्षका आवाज किनारा लगाउने साथमा चलिरहेको छ । सदनमा हाम्रो प्रस्तुति आउने दिनमा अझ सशक्त हुनेछ । सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन नसके सडक सर्घषका कार्यक्रम बनाएर अघि बढ्ने सुनाए ।













