कर्नाटकमा जितपछि राहुल गान्धीको टिप्पणी : नफरतको बजार बन्द भयो

कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् ।

भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।

‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’

कर्नाटकमा सम्पन्न विधानसभाको अन्तिम परिणामअनुसार विधानसभामा कांग्रेस आईले पूर्ण बहुमत प्राप्त गरेको छ । भाजपा ६५ सिटमा सीमित भएको छ ।

विधानसभामा भएका २२४ मध्ये १३६ सिटमा जित निकाल्दै कांग्रेस पुनस् सरकारमा फर्किने माहोल बनेको हो ।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् । अब प्रदेशमा कांग्रेसले बहुमतको सरकार बनाउनेछ ।

सम्बन्धित समाचार