निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

Image

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।

सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउनेबेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।