ग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४-० ले पराजित गर्दै समग्रमा ५-१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।
खेलको २३औं मिनेटमा वर्नादो सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो । सुरुवातदेखि भम्रणकरी टिममाथि हावि भएको सिटीका लागि ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका सिल्भाले अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २-०ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । म्यनुयल अकान्जीले ७६औं मिनेटमा गोल गर्दा सिटीले ३-० को अग्रता बनायो । सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गर्दा सिटीले सर्वाधिक १४ पटकको च्याम्पियन मड्रिड माथि ४-०ले जित शुनिस्चित गर्यो ।
जितसँगै सिटीले इस्तानबुलमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । फाइनल जुलाइ ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ ।