मोरङ ग्रामथानको अध्यक्षमा एमालेका तीन जनाको नाम सिफारिस 

Image

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि नेकपा (एमाले)मा तीन जनाको नाम सिफारिस गरिएको छ । 

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीनजनाको नाम प्रदेशमा सिफारिस गरेको हो । 

तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले कोसी प्रदेश उपसचिव देवान राइले जानकारी दिए ।