दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहीबार कास्कीको पोखरा महानगरपालिका- २२ विश्व शान्तिस्तूप नजिकै रा१ख २१०६ नम्बरको बस दुर्घटना भएको हो । घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका- ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली रहेका छन् ।
नवयुग डान्स क्लब दाङबाट भ्रमण आएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् । घाइते दुवै अवस्था समान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ ।
चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।