सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट ३५ वर्षीय राईको मृत्यु

काठमाडौँको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दीपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share