बाग्लुंगको छिस्ती केवैबाट बागलुङ बजारका लागि छुटेको पिकअप दुर्घटनामा हुदॅा ५ जनाको मृत्यु भएको छ ।
बाग्लुगको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटना भएको हो । दुर्घटना अन्य एकजना यात्रुको गम्भीर घाईते अवस्थामा उद्दार भएको छ ।
पिकअप सडकदेखि सात सय मिटरभन्दा तल खसेको प्रत्यक्षदर्शीले टिभी अन्नपूर्णलाई जानकारी गराएका छन । घटनामा मृतकको पहिचानसहितको बिस्तृत बिवरण अपडेट हुदै…. ‘।
केहिबेरअघि ६ जना यात्रु बोकेर बजारका लागि छुटेको जीप हर्देवा ढुङ्गेखानिमा दुर्घटनामा भएको थियो
। अहिलेसम्म प्रहरी घटनास्थलसम्म पुग्न सकेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको जानकारी दिएका छन । दुर्घटनास्थलबाट १ जनाको जिवितै उद्दार गरिएपनि उनको अवस्थासमेत गम्भीर रहेको प्रत्यक्षदर्शीको भनाई छ ।