बाग्लुङ पिकअप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

Image

बागलुङको छिस्ती केवैबाट बजार जादै गरेको पिकअप जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।

मृतकहरुमा जिप चालक बागलुङ जैमिनी ८ केवैका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन् ।

घाइते बागलुङ जैमिनी -८ का ४५ वर्षीय गंगा बहादुर श्रीषलाई उपचारका लागि बागलुङ अस्पताल पुर्‍याइएको छ । श्रीषको शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान ८ बजे दुर्घटनामा भएको थियो ।

भ्यान सडकदेखि सात सय मिटरभन्दा तल खस्दा ५ जनाको मृत्यु भएको छ भने एक जना घाईते छन् ।

https://www.tvannapurna.com/178293/2024/11/11/