काठमाडौँमा गएराति स्कुटर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका- ३२ नरेफाँटबाट ललितपुरको इमाडोलतर्फ जाँदै गरेको बा ६५ प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकार छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।