संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।
यसअघि प्रतिनिधि सभाका सचिव रहेका उनलाई संघीय संसद्को महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारबाटै लागु हुने गरी नियुक्त गरेका हुन् ।
महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।
संघीय संसद्को नयाँ महासचिवमा पाण्डेको नाम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मंसिर २५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।
तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।