गृह मन्त्रालयद्वारा १६ डिआईजीको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुण कुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका उमेश रन्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन् भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा रहेका उत्तमराज सुवेदी सो ठाउँमा ल्याइएको छ ।

यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ । यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए ।

बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार