लेबनानको राष्ट्रपतिका लागि १२औँ पटक निर्वाचन भएको छ, तर यसपटक पनि निर्वाचनमार्फत् राष्ट्रपति चयन गर्न त्यहाँको संसद् असफल भएको छ ।
संसद्को १२ औँ अधिवेशनमा बुधबार नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको छ ।
राष्ट्रपति पदको दौडमा मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिह र त्यहाँका अर्थमन्त्री जिहाद अजौर छन्। फ्रान्गिहलाई त्यहाँको दुई ठूला दल हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन छ । संयुक्त गठबन्धनबाट फ्रान्गिहले ५९ मत पाउँदा प्रतिद्वन्द्वी अजौरले ५१ मत प्राप्त गरे ।
तर गणपूरक संख्या नपुगेपछि राष्ट्रपति चयन हुन नसकेको हो । सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन ।
लेबनान अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ । देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागी एक नयाँ क्याबिनेट गठन गर्नुपर्ने आवाज उठ्न थालेका छन् ।