विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशलले ९५ बलमा९९ रन बनाएका हुन् । कुशलले १३ चौका २ छक्का प्रहार गरेका थिए ।
पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
ब्यक्तिगत एक रनमा जीवनदान पाएका कुशलले त्यसपछि उत्कृष्ट ब्याटिङका साथ जिम्बावेलाई दबाबमा राखेका थिए। तर तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । एज लागेको बल फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । त्यो समय कुशल १२ बलमा १ रन बनाएर खेलेका थिए । त्यसपछि कुशलले आफ्नो रनको गती बढाएका थिए ।
नेपालले १४ औं बलमा रनको खाता खेलेको थियो । कुशल भुर्तेलले एक रन जोड्दै खाता खेलेका थिए । लगत्तै अर्को बलमा आसिफ शेखले चौकाका साथ आफ्नो ब्यक्तिगत खाता खेलेका थिए ।