भारतको उडिसामा जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २० घाइते

भारतको उडिसा राज्यमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको दुई बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको जन्ती बोकेको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको जनाइएको छ ।

घटनालगत्तै स्थानीय प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार