मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

काठमाडौँ महानगरका मेयर बालेन शाहको पद खाइदिन सक्ने भन्दै स्पष्टीकरण सोधेर चर्चामा आएका नेपाल नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सरकारले बर्खास्त गर्ने भएको छ । महानिर्देशक अधिकारीले प्राधिकरणभित्र चरम अनियमितता गरेको उजुरीको चाङ लागेपछि सरकारले उनलाई महानिर्देशक पदबाट बर्खास्तीको तयारी गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले अधिकारीलाई बर्खास्त गर्ने योजनास्वरुप कहिदिनभित्रै अधिकारीमाथि लागेको विभिन्न आरोपमा केन्द्रित रहेर स्पष्टीकरण सोध्ने तयारी छ । मोटो आर्थिक चलखेलमार्फत प्राधिकरणको महानिर्देशक बनेका अधिकारीले उड्डयन सुरक्षामा लापरबाही गरेको, सेटिङमार्फत ठेक्का पट्टाको काम गरेर प्राधिकरण मातहतका धेरै आयोजनाको ठेक्का आफ्नै श्रीमतीको लगानी रहेको कम्पनीलाई दिएको, मातहतका महिला कर्मचारीलाई मध्यरातमा फोन गरेर अश्लील भाषामा गाली गर्ने गरेको जस्ता आरोप लागेका छन् । यसका साथै अधिकारीले महानिर्देशकको जिम्मेवारी सम्हालेपछि भएका दुई ठुला विमान दुर्घटना र तीनवटा हेलिकप्टर दुर्घटनामा प्राधिकरणको गम्भीर लापरबाही भेटिएको विषयमा समेत मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।
सम्भवतः सरकारले अधिकारीलाई बुधबारभित्रै ७ दिनभित्र जवाफ पेस गर्नेगरि स्पष्टीकरण सोध्ने र जवाफ चित्त नबुझे बर्खास्त गर्ने तयारी छ । महानिर्देशक अधिकारीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा समेत दर्जनौँ उजुरी परे पनि आर्थिक चलखेलमार्फत प्रभावित गर्ने गरेको छन् । हरेक सरकारमा मन्त्रीलाई आर्थिक प्रलोभन देखाएर तर मार्न सिपालु अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख बनेर अनियमिततामार्फत अरबौँ कुम्लाएका छन् ।

यही मार्फत गरेको अकुत आम्दानीले राज्यका हरेक तहलाई प्रभावित गर्न खोजे पनि पछिल्लो पटक माओवादीबाट मन्त्री बनेका सुदन किराँतीले भने भष्टचारीको सङ्गत नगर्ने प्रतिज्ञा सुनाएपछि अधिकारी सुरुवातदेखि नै तर्सिएका थिए । यद्यपि आफुनिकटसँग उनै अधिकारीले मन्त्री किराँतीलाई हटाउन प्रचण्ड पुत्री गङ्गा दाहाललाई मोटो रकम बुझाएको सुनाउने गरेकाले किराँती समेत भ्रष्ट अधिकारीसँग तर्सिएका त होईनन भन्ने चर्च अहिले सामाजिक सञ्जालमा चल्ने गरेको छ । उनै अधिकारीले अघिल्लो हप्ता मात्रै काठमाडौँ महानगरका मेयर बालेन शाहको पद खाइदिन सक्ने भन्दै बालेनलाई स्पष्टीकरण सोधेका थिए ।

मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन

आफैँलाई बढुवा गर्न बदनाम महानिर्देशकको नियमावलीविपरीत काम

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे

पर्यटनमन्त्री किराँतीको आशालाग्दो संकेत, महानिर्देशकलाई भने- अख्तियार पठाउँछु

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी

अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

गलत नियतले अधिकारीले गरेको निर्णय अवज्ञा गर्दा लुक्ला जाने यात्रु रुम्जाटार

कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो

नागरिक उड्ययन प्राधिकरणका डीजीलाई भेटेर प्रधानमन्त्रीले भने-‘तपाईलाई कारबाही हुन्छ’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार