सरकारले सोध्यो उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन प्राधिकरणका भ्रष्ट कर्मचारीको आरोप लागेका महानिर्देशक प्रदीप अधिकारीसँग ९ बुँदे स्पष्टीकरण मागेको छ । ७ दिनभित्र जवाफ दिनेगरि मागिएको स्पष्टीकरण चित्त नबुझे उनलाई तत्काल बर्खास्त गर्ने तयारी छ । प्राधिकरणको नेतृत्वमा रहेर उड्यन सुरक्षामा गम्भीर लापरबाही गरेको, हरेक ठेक्कापट्टा सेटिङमा लगाएर अनियमितता गरेको, कार्यालयका महिला कर्मचारी माथि दुर्व्यवहार गर्ने गरेको जस्तो आरोप लागेका महानिर्देशक अधिकारीसँग सरकारले ७ दिन भित्र जवाफ पेस गर्नेगरि स्पष्टीकरण मागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा आयोजना प्रमुख रहेर अरबौँ अनियमितता गरेको अपरोपसहित अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग र सर्वोच्च अदालतमा समेत दर्जनौँ उजुरी परेका छन् ।

प्रधानमन्त्री गङ्गा दाहालसँगको निकटता देखाएर प्राधिकरणको ठेक्कापट्टामा अनियमितता बढेपछि मन्त्री किराँती अधिकारीसँग रुष्ट देखिएका थिए । मन्त्रालयले महानिर्देशक अधिकारीलाई दुई विमान र तीन हेलिकप्टर दुर्घटना भएको जिम्मेवारी निर्वाह गर्न असफल भएको हो भनी प्रश्न गरेको छ। ‘वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा आईकाओका सिद्धान्त विपरीत दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको देखिँदा नियामक निकायको प्रमुखका रूपमा तपाईँको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि तपाईँको क्षमतामा किन प्रश्न नगर्ने’, स्पष्टीकरण मागिएको पत्रमा भनिएको छ। ‘उड्डयन सुरक्षा परीक्षण नै पर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाईँले हवाई सेवा क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यता विपरीत विमानस्थलको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्यान्डर्ड विभागको प्रमुख र गौरवका आयोजना प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई उनकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको’ भन्दै स्पष्टीकरण सोधिएको छ।

मन्त्रालयले फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्याङ्कन लगायत गर्नुपर्ने सम्पूर्ण तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालन किन ल्याएको भनी महानिर्देशक अधिकारीलाई सोधेको छ। ‘परीक्षण उडान गराई सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरबाही के कति कारणले गर्नुभएको हो’, स्पष्टीकरण पत्रमा सोधिएको छ। त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन ल्याउन नसक्नुमा तपाईँको कार्यक्षमता कमजोर रहेको किन नमान्ने भनी प्रश्न गरेको छ।

मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन

आफैँलाई बढुवा गर्न बदनाम महानिर्देशकको नियमावलीविपरीत काम

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे

पर्यटनमन्त्री किराँतीको आशालाग्दो संकेत, महानिर्देशकलाई भने- अख्तियार पठाउँछु

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी

अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

गलत नियतले अधिकारीले गरेको निर्णय अवज्ञा गर्दा लुक्ला जाने यात्रु रुम्जाटार

कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो

नागरिक उड्ययन प्राधिकरणका डीजीलाई भेटेर प्रधानमन्त्रीले भने-‘तपाईलाई कारबाही हुन्छ’

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार