अदालतले धनीलाई २ दिनभन्दा नथुन्नु भनेपछि रिहा भए सरकारी जग्गा कब्जा गरेका चौधरी

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त भएका छन। सर्वसाधरणलाई २४ दिनसम्म थुन्ने आदेश दिने न्यायलयले धनीलाई २ दिन भन्दा बढि थुन्न नमिल्ने आदेश दिएपछि चौधरी रिहा भएका हुन । काठमाडौं जिल्ला अदालतले न्याधिस यज्ञ प्रसाद आचार्यले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । सोही अनुसार उनीहरू बुधवार हिरासतमुक्त भएको सीआईबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको २५ दिनभित्र अभियोग पत्र दर्ता हुने कानूनी व्यवस्था छ । तर, अदालतले २ दिनमा नै अनुसन्धान सक्न आदेश दिएपछि प्रहरी असन्तुष्ट देखिन्छ । धेरैले अदालतको योआदेशपछि गरिबीलाई ऐन धनीलाई चैन भएको टिप्पाणी गरेका छन ।

सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलले त्यसलाई अध्ययन गरेर अभियोग पत्र तयार गरी अदालतमा दर्ता गर्ने कानुनी व्यवस्था छ ।

बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजी बनाएको आरोपपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा चौधरीले अर्बो मुल्यको सरकारी जग्गा जालझेल गरेर सित्तैमा आफ्नो नाममा पारेको देखिएको छ ।