दर्जनौँ आरोपले डामिएका डिजी जोगाउन प्रधानमन्त्री पुत्री लागेकै हुन ?

'मन्त्री किराँती भन्छन्–यो लडाँईमा की भ्रष्ट हार्छन् की म हार्छु'

 

नेपाल नागरिक उड्यन प्राधिकरणमा महानिर्देशकको संलग्नतामा चरम अनियमितता बढेपछि पर्यटनमन्त्री सुदन किराँतीले बर्खास्तीको तयारी गरेका प्रदीप अधिकारीलाई जोगाउन प्रधानमन्त्रीकै सचिवालय लागिपरेको आरोप लागेको छ । आरोपित महानिर्देशक अधिकारीले नै निकटस्थसँग ‘मलाई गङ्गाजीले जोगाउनु हुन्छ’ भनेपछि प्रधानमन्त्री पुत्री गङ्गा दाहालमाथि यस्तो आरोप लागेको हो । यसलाई पुष्टि गर्ने गरि दाहाल र अधिकारीबिचको घनिष्ठता अहिले सतहमै देखिएको छ ।

अधिकारीले मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ दिन्न भन्नुका पछाडि पनि उनै दाहालसँगको घनिष्ठताले काम गरेको धेरैको बुझाई छ । प्राधिकरणका विवादित महानिर्देशकमाथि जनस्तरबाट दर्जनौँ प्रश्न उठेपछि यसका केही बुँदा समेटेर मंगलबार पर्यटन मन्त्री सुदन किराँतीले स्पष्टीकरण साधेका थिए । मन्त्रीले गम्भीर विषयमा सोधेको स्पष्टीकरणपछि प्राधिकरणका महानिर्देशक अधिकारीलाई जोगाउन प्रधानमन्त्री पुत्री गङ्गा दाहाल आफै लागेको स्वयं आरोपित महानिर्देशक अधिकारीले निकटस्थसँग बताएका छन् ।

बुधबार प्राधिकरण मातहतका विभिन्न चालु आयोजनाका प्रमुखलाई बोलाएर अधिकारी आफैले प्रधानमन्त्री पुत्री एवं प्रधानमन्त्रीका मुख्य स्वकीय दाहालको साथ भएकाले आफूलाई कसैले केही गर्न नसक्ने भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार अधिकारीले यसका लागि आर्थिक चलखेल गर्नुपर्ने आशयसहित आवस्यक सहयोग मागेको उनीहरूको भनाई छ । महानिर्देशकसँग भेटेर फर्केपछि नाम नखुलाउने सर्तमा एकजना आयोजना प्रमुखले भनेका छन्,’ डिजीसाहेबले हामीलाई बोलाएर प्रधानमन्त्रीको परिवारको द्रहो साथ भएकाले मन्त्रीको स्पष्टीकरणबाट विचलित नहुने बरु मन्त्रीसँगको लडाई अब सुरु हुने सुनाउनुभयो ।’

उता प्रधानमन्त्री पुत्रीकै आडमा मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ नदिने अड्डी कसेका अधिकारीले मंगलबार साझँ सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटिसकेका छन् । मन्त्रीको स्पष्टीकरणपछि बारम्बार निकटस्थसँग गङ्गा दाहालको नाम लिने अधिकारीलाई गङ्गा दाहालकै चाहानामा प्रधानमन्त्रीसँग भेट गराएको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार मंगलबार साँझ साढे पाँच बजे अधिकारी सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । गङ्गा दाहाललाई रिझाएकाले आफुले स्पष्टीकरण दिनै नपर्ने जिकिर गरिरहेका अधिकारीलाई प्रधानमन्त्रीले भने हप्काएका छन् ।

आफुले भ्रष्ट्राचार बिरुद्ध शून्य सहनशीलताको नीति लिएकाले आरोप पुष्टि हुने आधार देखिए जोगाउन नसक्ने भएकाले तत्काल स्पष्टीकरण पेस गर्न प्रधानमन्त्रीले भनेको सचिवालयकै एक सदस्यले बताएका छन् । प्रधानमन्त्रीले तुरुन्त स्पष्टीकरण दिन भनेपछि भने गङ्गाजीको सुझाव भन्दै निकटस्थसँग स्पष्टीकरण नदिने भनेका आरोपित महानिर्देशक अधिकारी अहिले स्पष्टीकरण लेख्न थालिसकेका छन् ।

यद्यपि जनस्तरबाटै चरम अनियमितताको आरोप खेपेका र हाल अख्तियार सम्पत्ति शुद्धीकरण देखि सर्वोच्चसम्म उजुरी खेपिरहेका अधिकारीले भने स्पष्टीकरण पेस गर्ने र विषय थामथुम पार्ने आश्वासन प्रधानमन्त्री पुत्रीबाट पाएकाले मन्त्रीले बर्खास्ती गर्न नसक्नेमा ढुक्क छन् । उता मन्त्रालय सम्हालेको सुरुवातीदेखि नै राम्रो काम गरेर चर्चामा रहेका मन्त्री किराँतीले भने स्पष्टीकरण लगत्तै यो भष्ट्रहरुसँगको लडाई भएकाले यसमा भ्रष्ट जोगिने वा आफु टुङ्गो लाग्न बाँकी रहेको बताएका छन् ।

बालेनलाई स्पष्टीकरण सोधेका अधिकारी भन्छन् – सरकारले सोधेका प्रश्नको जवाफ मैले दिन्न

सरकारले सोध्यो उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन

आफैँलाई बढुवा गर्न बदनाम महानिर्देशकको नियमावलीविपरीत काम

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे

पर्यटनमन्त्री किराँतीको आशालाग्दो संकेत, महानिर्देशकलाई भने- अख्तियार पठाउँछु

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी

अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

गलत नियतले अधिकारीले गरेको निर्णय अवज्ञा गर्दा लुक्ला जाने यात्रु रुम्जाटार

कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो

नागरिक उड्ययन प्राधिकरणका डीजीलाई भेटेर प्रधानमन्त्रीले भने-‘तपाईलाई कारबाही हुन्छ’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार