राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै गौतमले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताए । उनले भने, ‘यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाइ लाग्छ ।’
आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको उनको भनाइ थियो । उनले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको बताए ।
‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो । नेपाली जनताको हो । यो संविधान जारी गर्नेहरुको हो। बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसैबेलादेखि देखेका छन्,’ उनले भने, ‘यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाई लाग्छ ।’