राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु भएको छ। एमआरआई कक्षमा सिलिण्डर विष्फोट हुँदा घोराही–३ बर्गद्धी निवासी ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भयको हो ।
अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन् । अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल हुँदै भइरहेको छ।