९० रुपैयाँ पुग्यो गोलभेँडाको मूल्य, यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ठुलो नेपाली गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको जनाएको छ । समितिले मंगलबारका लागि तोकेको मूल्यसूचीअनुसार सानो लोकल गोलभेँडाको समेत प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

यस्तै टनेलको गोलभेँडाको मूल्य ७८ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । यस्तै रातो आलुको ४८, स्थानीय काउलीको ८०, रातो मूलाको ५०, टाटे सिमीको १४०, भिण्डीको ८०, तामाको १२०, हरियो अंगुरको ५०० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार