तीन वित्तीय संस्थाको १ लाख कित्ता सेयर बेच्दै एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले तीन वित्तीय संस्थामा रहेको १ लाख ८ सय ६० कित्ता संस्थापक सेयर बेच्ने भएको छ।

एनआइसी एसियाले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको ८५ हजार ९ सय ४०, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको ४ हजार ९ सय २० र नागरिक लगानी कोषमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

सूर्योदय वोमीमा रहेको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ६२ रुपैयाँ तोकिएको छ। संस्थापक सेयर खरिदको प्रस्ताव पेश गर्ने अन्तिम दिन साउन १८ गतेभित्र तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ।

यस्तै महुली लघुवित्तको संस्थापक सेयर मूल्य न्यूनतम ३ सय १ रुपैयाँ तोकिएको छ। महुलीको संस्थापक सेयर किन्न प्रस्ताव पेश गर्ने अन्तिम दिन पनि साउन १८ गतेलाई तोकिएको छ।

यस्तै नागरिक लगानी कोषको सेयरको न्यूनतम् मूल्य प्रतिकित्ता १ हजार ६८ रुपैयाँ तोकिएको छ।

सेयर खरिदको बोलपत्र एनआईसी एसिया क्यापिटल र एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय टे«ेड टावर थापाथली, काठमाडौंका शाखा, विराटनगर, वीरगञ्ज, पोखरा, बुटबल र वीरेन्द्रनगर सुर्खेतमा बोलपत्र बुझाउन सकिने एनआईसी एसियाले जनाएको छ।

सम्बन्धित समाचार